• बुधबार, चैत-१८, २०८२ | जागरणको साथी समाचार / ज्ञानको आधार / ट्रेन्दिङ खबर

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

ठिमी । जेन्जी आन्दोलनमा प्रहरी वृत्त ठिमी भक्तपुरसँगै रहेको राष्ट्रिय बाणिज्य बैंकको एटीएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेशबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेश बस्ने वर्ष २९ को बुद्धिमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू