• बुधबार, चैत-१८, २०८२ | जागरणको साथी समाचार / ज्ञानको आधार / ट्रेन्दिङ खबर

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदै छ । मङ्सिर महिना लागेसँगै चुनावी माहोल पनि सुरु भएको छ । चुनावलाई लोकतन्त्रको आत्मा मानिन्छ । कतिपय विद्वान्ले चुनावलाई लोकतन्त्रको ‘अक्सिजन’ पनि भनेका छन् । चुनावलाई लोकतन्त्रको जग पनि भनिन्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले ताजा जनअभिमतको सुनिश्चितता गरी राष्ट्रिय समस्याको निदान गर्न सहयोग पु¥याउने विश्वास गरिन्छ ।

स्वतन्त्र, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने छ । जुन अन्तरिम सरकारको मुख्य प्राथमिकता र जिम्मेवारी नै हो । भदौ २३–२४ को जेनजी विद्रोहको आधार भूमिमा हुने आगामी प्रतिनिधि सभा निर्वाचनले खास गरी युवाको चाहना अनुरूप समृद्धिको गतिलाई अघि बढाउने छ । चुनावमार्फत निर्वाचित भएर आउने जनप्रतिनिधिले युवाका आकाङ्क्षा र नागरिकका पीरमर्कासँग घुलमिल हुँदै विकास र समृद्धितर्फ द्रुत रूपमा लाग्दा लोकतन्त्र थप बलियो भएर जानेमा सन्देह छैन । यो ऐतिहासिक महायज्ञलाई सफल पार्ने र अवसरमा बदल्ने गहन दायित्व मुलुकका राजनीतिक दलसँगै हामी सबैको काँधमा छ ।

जेनजीले खनेको जगमा हुन गइरहेको यस चुनावमा प्राप्त हुने अमूल्य मत मुलुकको भाग्य र भविष्यको मार्गचित्र कोर्ने बलियो तागत हुन सक्छ । समय नजिकिँदै छ । जम्माजम्मी साढे दुई महिना मात्र समय छ । अब आरोपप्रत्यारोप, वादविवाद या कसैलाई शत्रु करार गरेर मुलुकको गति अघि बढ्न सम्भव छैन । कुनै शत्रु छ भने विगतको राज्यसत्ताबाट सिर्जित भोक, रोग, अशिक्षा, बेरोजगारी र पछ्यौटेपन नै हो । यो तथ्यलाई सबैले स्विकार्नु पर्छ ।

सम्बन्धित पोष्टहरू