• बुधबार, चैत-१८, २०८२ | जागरणको साथी समाचार / ज्ञानको आधार / ट्रेन्दिङ खबर

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

काठमाडौँ, कात्तिक ३० गते । नबिल बैङ्कको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सूचीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

आठबर्से अवधिको ऋणपत्रमा वार्षिक सात प्रतिशत ब्याजदर पाइने बैङ्कले जनाएको छ । एक हजार रुपियाँ अङ्कित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैङ्कले जनाएको छ । ऋणपत्र रजिस्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले गर्ने छ । गोरखापत्र

सम्बन्धित पोष्टहरू